ओलीले आज संसदमा सम्बोधन गर्दै, नीति तथा कार्यक्रममाथि धारणा राख्ने

ओलीले आज संसदमा सम्बोधन गर्दै, नीति तथा कार्यक्रममाथि धारणा राख्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकमा उनले सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेका हुन् ।    

साथै, ओलीले समसामयिक विषयमा पनि आफ्नो धारणा राख्ने उनका सञ्चार सहयोगी रामशरण बजगाईंले जानकारी दिए । ओलीले जेठ ४ गतेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने जानकारी गराइसकेका थिए । तर, स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी उक्त बैठकमा उपस्थित भएनन् ।

ओलीले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वीकारयोग्य नरहेको भन्दै विरोध जनाउन एमाले सांसदलाई निर्देशन दिइसकेका छन् ।