जिल्ला अस्पताल बझाङ ९३ प्रतिशत अंकका साथ देशभरमा दोस्रो

जिल्ला अस्पताल बझाङ ९३ प्रतिशत अंकका साथ देशभरमा दोस्रो

बझाङ ।  जिल्ला अस्पताल बझाङ स्वास्थ्य निर्देशनालय, सुदुरपस्चिम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालहरुको अनुगमन मूल्यांकनमा देशभरिमा दोस्रो भएको छ । अस्पतालले दिने सेवा तथा स्वास्थ्य परामशर्ष र अन्य विभिन्न विद्यामा गरिएको अनुगमनमा जिल्ला अस्पताल बझाङ ९३ प्रतिशत प्राप्त गर्दै देशभरका अस्पतालहरुमा दोस्रो बन्न सफल भएको छ ।

अस्पतालले प्रदान गर्ने सेवा तथा अस्पतालको व्यवस्थापन लगाएतका क्षेत्रमा सुधारका कामहरु भएपछी अस्पतालको सेवा प्रवाहमा सहजता आएको छ । अस्पतालमा हुनुपर्ने न्युनतम् आवश्यकताहरुको परिपुर्ति भएसँगै अस्पतालबाट दिइने सेवामा सुधार र दैनिक रुपमा अस्पतालमा आउने सेवाग्राहीको संख्यामा पनि वृद्धी भएको छ । भौतिक संरचना तथा अन्य सेवाहरु भरपर्दो अवस्थामा संञ्चालनमा आएसँगै जिल्ला अस्पतालमा स्थानीयहरुको विश्वास बढ्दै गइरहेको स्थानीयहरुले बताएका छन् ।

जिल्ला अस्पतालको सेवामा थप र सेवालाई गुणस्तरीय बनाउनका लागी आफुहरु लागी परेको जिल्ला अस्पताल व्यवस्थापन समितीका अध्यक्ष सोनु सिंहले बताउनुभयोे । ‘विगतका भन्दा भौतिक संरचना तथा अन्य स्वास्थय सेवामा धेरै मात्रामा सुधार भएको छ । अस्पताललाई व्यवस्थित पार्नका लागी सवैको सुझाव आवश्यक रहेको छ,’ अस्पताल व्यवस्थापन समितीका अध्यक्ष सिंहले भन्नुभयो, ‘आगामी दिनमा पनि नागरिकलाई दिने सेवालाई चुस्त पार्नका लागी हामी लागि परेका छौ । दक्ष जनशक्ति व्यवस्थान लगाएतका विषयहरुका अस्पतालले पहल गरिरहेको छ ।’

अस्पतालमा कार्यरथ कर्मचारी, स्वास्थ्यकर्मी र अस्पताल व्यवस्थापन समितीका पदाधिकारी लगाएत सवैले मिलेर काम गर्दा देशभर उत्कृत अस्पतालको रुपमा परिचय बनाउनु आफुहरु सफल भएको जिल्ला अस्पताल बझाङका प्रमुख डा। नवराज जोशीले बताए । अस्पतालमा आउने कर्मचारीहरुको विश्वास जित्नु महत्वपूणर् कुरा रहेकाले यसलाई स्थापित गर्न आफुहरु सफल भएको उनले बताए । साथै अगामी दिनमा पनि अस्पतालको सेवालाई गुणस्तरीय बनाउनका लागी सवैको सुझाव सल्लाहलाई समेटेर अघाडी बढ्ने समेत डा. जोशीले प्रससतिवद्धता जनाए ।