असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउने सरकारको निर्णय

असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले असोज २ गतेको दिनलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा बनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले हरेक वर्षको असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउने निर्णय गरिएको जानकारी दिइन्। 

‘प्रत्येक वर्षको असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको छ। अब हाम्रो शिक्षा दिवस असोज २ गते हुनेछ,’ प्रवक्ता शर्माले भनिन्।