सुदूरपश्चिम प्रदेशका अगुवा कृषक अन्तर प्रदेश प्रबिधि अबोलकनमा

सुदूरपश्चिम प्रदेशका अगुवा कृषक अन्तर प्रदेश प्रबिधि अबोलकनमा

धनगढी । सुदूरपश्चिम प्रदेशका कृषकहरु अध्यन अवलोकनका लागि एक साताको अन्तरप्रदेश प्रबिधि अबोलकन भ्रमणका लागि निस्केका छन् ।

सुदूरपश्चिमको क्षेत्रिय कृषि निर्देशनालयको आयोजनामा प्रत्यक जिल्लाबाट दुई जना अगुवा कृषक समेटेर अध्यन भ्रमण टोलीमा सहभागि भएका छन् । अगुवा कृषकहरु बिभिन्न प्रदेशका नामुना, नयाँ प्रबिधिका कृषि प्रबिधी र उद्यमीहरु संग सिकाई र अनुभवन आदानप्रदान गर्नका लागि अगुवा कृषक अध्यन भ्रमणको आयोजना गरिएको सुदूरपश्चिमको क्षेत्रिय कृषि निर्देशनालयका कृषि बिज्ञ राजेन्द्र बमले जानकारी दिए ।

भ्रमण टोलीलाई बिहिबार सुदूरपश्चिमको क्षेत्रिय कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले खादा लगाई बिदाई गरेका हुन् ।