माध्यमिक विद्यालय शिक्षक युनियन नेपालले दियो स्थानीय तहमा धर्ना

माध्यमिक विद्यालय शिक्षक युनियन नेपालले दियो स्थानीय तहमा धर्ना

दार्चुला । प्लस टु पढाउने शिक्षकहरूको संगठन माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल ९हिस्टुन० ले स्थानीय तहमा धर्ना दिएको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत दार्चुलाका ९ वटै स्थानीय तहमा पनि विरोध स्वरुप धर्ना दिइएको माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल जिल्ला कार्य समिति दार्चुलाका अध्यक्ष रमेश सिंह चैसिरले जानकारी दिए ।

सरकारले २०४९ देखि प्लस टु शिक्षा सुरु गएको थियो । तर, हालसम्म शिक्षक व्यवस्थापन र उनीहरूको स्थायित्व सरकारले गर्न सकिरहेको छैन् । माध्यमिक तहको प्लस टु मा अध्यापन गराउने शिक्षकहरूले आफूहरूको स्थायित्व र सामाजिक सुरक्षा खोज्दै विरोध जनाएका हुन् । बुधवार जिल्ला सदरमुकाम स्थितको महाकाली नगरपालिकामा पालिकाका चार उमावि विद्यालयका शिक्षकहरुले एक घण्टा धर्ना दिएका थिए ।

सरकारले चार हजार राहत शिक्षकलाई दरबन्दी दिनुपर्ने अध्यक्ष चैसिरले बताए । ‘अहिले माध्यमिक तहको प्लस टु पढाइ हुने विद्यालयमा सरकारले शिक्षक खटाउन सकेको छैन, विद्यालय आफैले जोहो गरेर चलाइरहेका छन्, उनले भने– सरकारले राहत शिक्षकहरुको योगदान र क्षमता बुझ्दै प्रक्रिया पुगाएर स्थायी गर्नुपर्दछ ।’

धर्नामा बसेका शिक्षकहरुले ४ हजार राहत शिक्षकलाई दरबन्दीमा बदल, साप्ताहिक पाठ्यघण्टी कायम गर, मर्यादा कायम गर, अस्थायी दरबन्दीलाई प्रक्रिया पुर्याई स्थायी शिक्षक भर्ना गर जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए ।  उमावि शिक्षकहरू ६० वर्षसम्म जागिरे अवधि पूरा गरेर अवकाश लिने बेलामा पनि रित्तो हात फर्कनुपर्ने अवस्था रहेको बताइएको छ ।