डोटीमा विद्यालय भवन बनेपछि पढाइमा सहज

डोटीमा विद्यालय भवन बनेपछि पढाइमा सहज

डोटी । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना रन्तोलामा रहेको  केदारेश्वर माध्यमिक विद्यालयको दुई कोठे र चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ । विद्यालयको ५ औँ  वार्षिकोत्सवको अवसरमा बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले विद्यालय भवनको  उद्घाटन गरे ।

विद्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले भौतिक संरचना पर्याप्त मात्रामा रहेको र विद्यालयलाई आवश्यक सम्पूर्ण कुराहरूको लागि पहल गर्न  आफू प्रतिबद्ध रहेको बताए  ।

भवन निर्माणले विद्यार्थीहरुलाइ पढाइ संगै विद्यालयको प्रशासनिक कार्य गर्न सहज  भएको र भवन निर्माणले मात्र केही नहुने बताउँदै विद्यार्थीको शैक्षिक गुणस्तरमा उकास्नु पर्नेमा ध्यान दिनु पर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराज जोशीले बताएका छन् ।

कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालयको हकहितको लागि काम गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।