आधारभुत कानुनी शिक्षा आजको आवश्यकता

आधारभुत कानुनी शिक्षा आजको आवश्यकता

साधारण अर्थमा कानुन भनेको के हो ? कानुनको अर्थ के हो? भन्ने कुरा जान्नु आवश्यक मानिन्छ । वास्तबमा कानुन भनेको समाजलाई सभ्य अनुशासन वनाउने कडीलाई कानुन भनिन्छ। कानुनी दार्शनिक विज्ञ Plato का अनुसार “ कानुन यर्थाथताको अनवेषक हो। ” समग्रमा राज्यको नीतिलाई नै कानुन भनिन्छ। 

कानुनको अर्थ के हो? कानुन अंग्रेजीभाषाको Law र संस्कृत भाषाको विधिशब्दको अर्थ हो । अंग्रेजीशब्द Law  लाई युरोपेली भाषाहरुमा Law र jus दुईवटा अर्थमा हेरिन्छ । व्यापक अर्थमा Law लाई  Lex  वा Loi भनिन्छ । सुक्ष्म अर्थमा  jus  वा Droit भनिन्छ ।Lex ऐन (Act) को परिचायक हो भने Jus शव्दन्याय (Justice) को न्याय प्राप्त गर्ने साधन हो । 

त्यसैगरि कानुनको उत्पति संगसंगै भएको पाइन्छ । कानुन कसैले गरेको होइन्, त्यो ईश्वरको देन हो पनि भनिन्छ । कानुन, समय र समाज परिवर्तनशिल छन् । समयको परिर्वतन अनुसार समाज परिर्वतनहुन्छ र कानुन पनि परिर्वतन हुन्छ । त्यसकारण कानुन ऐतिहासिक रुपमापहिले देखि थियो तर अहिले आएर २१ औँशताब्दीमा आएर कानुनी शिक्षा किन आवश्यक मानियों भने समय परिर्वतन अनुसार मानविय क्रियाकलाप र विकास भएका भएका कारण मानवलाई अहिले आएर कानुनी शिक्षा आजको आवश्यकता ठानियोँ । बर्तमान रुपमा बढदो जनसंख्या आधुनिक समाज संगसगैं कानुन पनि परिवर्तन भएर आएको छ । 

अहिले आएर आधारभुत कानुनी शिक्षा आजको आवश्यकता हुनाका कारणहरु समाजमा रहेका मानिसहरुको जिउधनको सुरक्षा गर्न, सभ्य समाजको निर्माण गर्न, एक व्यक्ति र अर्को व्यक्तिविच सम्वन्ध विस्तार गर्न, समाजलाई विकासशिल वनाउन, समाजमा हुने अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्न, जनसंख्या नियन्त्रण र व्यवस्थापन गर्न, छिटो छरितो सरल रुपमा न्याय प्राप्तगर्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्न, अन्तराष्ट्रिय सम्वन्ध विस्तार गर्न, आफ्ना चालचलन रिति रिवाज र संस्कृतिको संरक्षण र पहिचान गर्न, वातावरण संरक्षणगर्न, मानवलाई सभ्य र अनुशासित वनाउन, न्याय प्राप्तिका लागी जनतालाई थाहा पाउन आधारभुत कानुनी शिक्षा आजको आवश्यकता ठानिन्छ । अहिलेको बढ्दो शहरिकरण लाई व्यवस्थापन गर्न, समय परिर्वतन अनुसार मानिसका आवश्यकता बढदै जान्छन् ति आवश्यकता परिपुर्ति गर्न, अहिले आएर २१ औँ शताव्दीमा विज्ञान तथा प्रविधिको कारण सञ्चार साधनको सहि उपयोग गराउनका लागी अहिले सुचना र सञ्चार साधनको विस्तारक कारण विभिन्न साईवर अपराधलाई नियन्त्रणगर्न आधारभुत कानुनी शिक्षाको आवश्यकता रहेको छ ।

आधारभुत कानुनी शिक्षा आजको तत्काल आवश्यकता मानिन्छ । मेरो विचारमा आधारभुत कानुनी शिक्षाप्रदान गर्न सरकारले यसमा ठूलो भूमिका खेलि विभिन्न सिकाई क्रियाकलाप र जिल्ला जिल्लामा आधारभुत कानुनी शिक्षा दिन आवश्यक ठानिन्छ । बदलिदो समय परिस्थीति अनुसार मानव परिर्वतनहुदै जान्छ । त्यसकारणले कानुनी शिक्षाको पहलगर्न राज्यको प्रमुखदायित्व रहेको पाईन्छ ।

कानुन के हो ?

मानव समाजको इकाईको रुपमा रहेको व्यक्ति, परिवार, समाजहुदै वृहत इकाईको रुपमा रहेको राज्यमा विभिन्न क्षेत्रहरुलाई नियन्त्रण, नियमन र व्यवस्थित रुपमा संञ्चालनगर्नको लागी निति नियमहरुको आवश्यकता पर्दछ । त्यसैले मानव इतिहासको शुरुवातकाल देखी नै मानवले पालना गर्नुपर्ने कुनै न कुनै प्रकृतिका नियमहरुको सिर्जना भएको थियो । कानुनको एतिहासिक विकाशक्रमहरुको अध्ययन गर्दा मानव सभ्यताको विकास संगै नियमहरु पनि परिष्कृत हुदै आएको पाईन्छ । मानव इतिहासको शुरुवाति चरणवाट हेर्दा मानिसले के गर्न हुने? के गर्न नहुने? ति कार्यहरुको पूर्ण रुपको नियमलाई नै कानुनको रुपमा हेर्ने गरेको पाईन्छ । कानुनले कुनै पनि व्यक्तिलाई कुनै कामगर्न वा नगर्न वाध्य गराएको हुन्छ । कानुन मानव सभ्यताको लागी एउटा मुख्य विषय वा अवधारणा हो । जसले मानव सभ्यताको विकासलाई अंगिकार गरी संग सगै अघाडी वढेको हुन्छ । समाजलाई सभ्य व्यवसित संञ्चालन गर्नको लागी कानुन सक्रिय रहेको हुन्छ । त्यसैले कानुनको अभावमा सभ्य समाज र राज्यको परिकल्पना गर्न सकिदैन् । मानवको शुरुवातकाल देखी नै मानवले पालनागर्नु पर्ने नियमहरु वाट नै कानुनको सृजना वा निर्माणभएको थियो । पृथ्वीमा मानव समाजको उत्पत्ति चरण संगै मानिस कुनै स्थानमा स्थायी रुपमा वसोवासको व्यवस्था मिलाउँदै अगाडीबढे त्यो समय देखि नै मानिसहरु विच विकास भएको आपसी मान्यताहरु नै कानुनको रुपमा उत्पत्ति भएको हो । कानुनको सिद्धान्तमा अन्यायगर्ने मात्र होइन्, अन्याय सहने पनि दोषी हो । त्यसैले कानुनले अन्याय गर्ने लाई उचित प्रकारको दण्ड र अन्यायमा परेकालाई न्याय माग गर्ने वाटो देखाउँदछ । मानिसको सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक र वैयक्तिक जीवनमा कानुनको ठूलो महत्व रहेको हुन्छ । समाज जस्तो सुकै किन नहोस् तर कानुनको स्थान विशिष्ट नै हुन्छ । कानुनमा नवजीवनको दैनिक व्यवहारमा नियमित प्रयोगमा आउने हुनाले कानुनको उपेक्षा कहिल्यै पनिगर्न सकिदैन । कानुन यस्तो विषयवस्तु हो जसले निर्वल व्यक्तिलाई सवल वनाउँछ र अन्यायमा परेका व्यक्तिलाई लड्न साहरा प्रदान गरेको हुन्छ ।

नेपालमा कानुनको अध्ययन वि.सं. २०११ साल वाट शुरु भएको हो । पहिलो कलेज नेपाल ल कलेज हो । अहिले ११, १२ पछि स्नातक तहमा पाँचबर्षको बि.ए.एल.एल.बी.अध्ययन अध्यापन हुँदै आईरहेको छ । नेपाल ल क्याम्पस वाहेक त्रिभुवन विश्वविद्यालय अन्र्तगतका अन्य केहि आंगिक क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, लुम्बिनीबौद्ध विश्वविद्यालय,मध्यपश्चिम विश्वविद्यालय,सुदूरपश्चिम विश्वविद्यालय र गण्डकी विश्व विद्यालयका क्याम्पसहरुमा स्नातकतहको एल.एल.बी,बि.ए.एल.एल.बी., एल.एल.एम.तथापी.एच.डी.आदीकोअध्ययन अध्यापनहुँदै आईरहेको छ ।

कानुनको आवश्यकता

    व्यक्ति, समाज र राज्यको सम्बन्ध कायम तथाव् यवस्थीत गर्न कानुनको आवश्यकता पर्दछ । 

    मानवको सम्पत्ति र शरिरको सुरक्षाका लागी कानुन आवश्यक हुन्छ । कुनै पनि समाज, घर, राज्यमा कानुनको कमि भयो भने अराजक स्थीती र त्रासको वातावरण कायम हुन पुग्दछ त्यसलाई नियन्त्रणगर्न ।

    समाजमा रहने हरेक व्यक्तिहरु विचको अन्तर सम्बन्ध नियमित रुपम कायम राख्न कानुनको आवश्यकता रहेको पाईन्छ । 

    यसले आधुनिक सभ्य परिवार, समाज, राष्ट्र निर्माणगर्न कार्य गरेको हुन्छ । 

    राज्यलाई व्यवस्थीत रुपमाशान्ति सुरक्षाकायम गरी संञ्चालन हुन यसले भूमिका निर्वाह गरेको हुन्छ । 

    घर समाजमा मानिसहरु लाई अनुशासन र नैतिकतामा वाध्ने काम गरेको हुन्छ ।

    कानुनलाई व्यक्ति समाज राज्यको आवश्यकताको रुपमा हेरिन्छ । 

    कानुनले समाज र राज्यलाई एक सुत्रमा वाँधेर राज्य संञ्चालन प्रक्रिया व्यवस्थीत गरेको हुन्छ । जसले गर्दा सवै जनताको ईच्छा चाहनालाई ध्यान पुरायाँईको हुन्छ । 

    यसको अभाव सिर्जना भयो भने शक्ति भएका व्यक्ति र समाजले कमजोर भएकालाई दवाउने कार्य गरेको हुन्छ । कानुनको आवश्यकता व्यक्ति, समाज र राज्यमा सधै सर्वौच्च स्थानमा रहेको हुन्छ ।

कानुनको महत्व

    समाजमा शान्ति, सुव्यवस्था तथा अमन चयन कायम राख्न,
    राज्यप्रणाली संञ्चालनका आधारहरु तयार गर्न,
    व्यक्तिका नैसर्गिक तथा मौलिक हक अधिकारको संरक्षण गर्नका लागी,
    मानवीय व्यवहारहरुलाई निर्देशन नियन्त्रण गर्न, 
    राज्यमा हुने अपराधको नियन्त्रण र दण्डहिनताको अन्तगर्न,
    नागरिकमा अधिकार र कर्तव्य वोध गराउन,
    सरकारलाई निरंकुश हुनवाट रोकी विधिको शासन संञ्चाल नगर्न,
    सामाजिक, नैतिकता, अनुशासन मार्फत सभ्य र सुसंस्कृत समाज निमार्ण गर्न,
    समाजमा समानता र समताकायम गर्न,
    समाजमा रहने सदस्यहरु वीच सु–सम्बन्ध स्थापना गरी सामाजिक आवश्यकताको पूर्ति गर्न,
    समाजको परिवर्तनशिल गतिलाई आत्म साथगर्दे आधुनिक विकासलाई व्यवस्थित गर्न ।

कानुन अध्ययन पछि रोजगारी श्रृजनाहुने क्षेत्रहरु
    निजामती सेवा
    न्यायपालिका
     स्थानियतह
    वकालत
     बैंक तथावित्तीय संस्था
    ल्न्इ रक्ष्ल्न्इ (एनजीओ /आईएनजीओ)
     शैक्षिक
    कानूनी सहायक
    कानूनीपत्रकारिता
    कानूनी लेखन
    कानूनफर्महरू
    अनुसन्धान
    राजनीति

रोविन वहादुर साउँद
एलाइन्स इन्टरनेशनल मोडेल स्कुल
कक्षा : ११ (कानुन संकाय)