भैंसी बलात्कार गरेको आरोपमा युवा पक्राउ

भैंसी बलात्कार गरेको आरोपमा युवा पक्राउ

भैंसीलाई बलात्कार गरेको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । मोरङको रतुवामाइ नगरपालिका-२ का ४० वर्षिय मङ्गल हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भैसी करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनीको तर्फबाट शुक्रबार ‘फिराद’ दर्ता भएको हो ।

हस्दाले छिमेकीको गोठमा बाधेको भैसीलाई ७ सय मिटर पश्चिम एकान्त बास झ्याङ्गगमा लगेर बिहीबार दिउँसोे १२ बजेको समयमा बलात्कार गरेको इलका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर रामचन्द्र साहले जनाए । उनका अनुसार गोठमा बाँधेको भैसी फुकाएर बाँस झ्याङमा लगेर दुवै खुट्टा बाँधेर करणी गरेका थिए ।

गोठमा बाधेको भैसी हराएपछि धनीले खोजी गर्दा भैसी बाँस झयांगमा फेला परेको थियो । नजिकै करणी गर्दा खोलेर छाडेको कपडालाई आधार बनाएर अनुसन्धान गर्दा करणी गर्ने गाउकै युवा मंगल भएको खुलेको थियो । हस्दालाई प्रहरीले पक्राउ गरेपछि उनले अपराध स्विकार गरेका छन् ।

हस्दाले बाँस झ्याङमा भैसी लगेर दुवै खुट्टा बाँधेर बलत्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । करणी भएको ठहर भए १ वर्ष कैद र १० हजार जरिवाना पशु बलात्कार दुनियावादी फौजदारी अर्थात (व्याक्तिवादीं) मुद्दा हुने भएकोले यस्तो मुद्दा अदालतमा सोझै दर्ता हुने गरेको छ ।

शुक्रबार पशु बलात्कार गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनी स्वयम उपस्थिी भएर ‘फिराद’ दर्ता गरेको अदालतको श्रेस्तेदार इश्वरमाणि ओझाले जानकारी दिए ।