संघबाट आगामी आर्थिक वर्षमा प्रदेशलाई बजेट कटौति

संघबाट आगामी आर्थिक वर्षमा प्रदेशलाई बजेट कटौति

धनगढी । संघिय सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षभन्दा सुदूरपश्चिम प्रदेश तथा स्थानीय तहमा बजेट घटाएर विनियोजन गरेको छ ।

अर्थमन्त्री डाक्टर प्रकाशशरण महत्तले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै गर्दा चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षमा बजेट घटाएर विनियोजन गरेका हुन् ।

चालु आर्थिक वर्षमा १४ अर्व ६१ करोड ७५ लाख चार हजार रकम विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि प्रदेशमा सुदूरपश्चिम प्रदेशः १४ अर्ब ४२ करोड १९ लाख रकम विनियोजन गरिएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको वित्तिय अन्तर वित्तिय हष्तान्तरण पुस्तिकामा प्रदेशमा पुँजीगततर्फ ३ अर्ब ९९ करोड २५ लाख तथा चालुतर्फ १० अर्ब ४२ करोड ९४ लाख विनियोजन गरिएको उल्लेख छ ।

प्रदेश सरकारलाई समानीकरण अनुदानतर्फ आठ अर्व ६८ करोड ४१ लाख, सशर्त अनुदानतर्फ चार अर्व ५१ करोड १६ लाख, विशेष अनुदानतर्फ ६२ करोड र समपूरक अनुदानतर्फ ७७ करोड रकम विनियोजन गरिएको पुस्तिकामा उल्लेख छ ।

केही दिनअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्री, प्रतिपक्षी दलका नेता, प्रदेश सभा संसदीय दलका नेतासहित संयूक्त अर्थमन्त्री महतसंग भेटघाट गर्दै सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि प्रदेशलाई विशेष ग्राहयता दिनुपर्ने, विशेष योजनाहरु समेटनुपर्ने लगायतका माग राखेका थिए । तर, भर्खरै सार्वजनिक भएको बजेट कटौतिले संघिय सरकारले प्रदेशको विकासमा ध्यान दिन नसकेको आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले बताए ।

‘प्रदेश आन्तरिक आयस्रोतमा कमजोर छ । यहाँ गरिवी, अशिक्षा, विकास सूचांकमा प्रदेश पछाडि रहेकोले यस प्रदेशलाई केही वर्ष विशेष योजना दिई सहयोग गर्नुपर्ने थियो तर, अहिले सार्वजनिक भएको बजेटमा झन अनुदानहरु घटदा संघिय सरकारले अन्याय गरेको महशुष भएको छ’ उनले भने ।

संघिय सरकारले प्रदेश सरकारमा मात्र नभई प्रदेशका ८८ वटै स्थानीय तहलाई वितरण गर्दै आएको अनुदानमा कटौति गरेको छ ।

हेरौं कुन स्थानीय तहमा कति बजेट ?

संघिय सरकारले प्रदेशलाई मात्र नभई प्रदेशका ८८ वटै स्थानीय तहको बजेट घटाएर सार्वजनिक गरेको छ ।
नौ वटा जिल्ला रहेको यस प्रदेशमा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका रहेका छन् ।
संघिय सरकारबाट आगामी आर्थिक वर्षमा कुन स्थानीय तहले कति बजेट प्राप्त गरेका छन निम्न हेरौं ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

No description available.