प्रधानमन्त्री प्रचण्ड इन्दोर प्रस्थान

प्रधानमन्त्री प्रचण्ड इन्दोर प्रस्थान

काठमाडौँ । भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार विशेष विमानमार्फत इन्दोर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले इन्दोरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा मध्यप्रदेशका राज्यपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेसनले सम्पादन गरेको कामबारे उनले जानकारी लिने कार्यसूची छ ।

फोहोर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दोरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डकोे सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नेछन् ।

शनिवार प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले ‘टीसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।