एमालेका सात उपाध्यक्षलाई जिम्मेवारी तोकियो

एमालेका सात उपाध्यक्षलाई जिम्मेवारी तोकियो

काठमाडौं । नेकपा एमालेका सात जना उपाध्यक्षले जिम्मेवारी पाएका छन्। शुक्रबार बसेको सचिवालय बैठकले उनीहरूलाई जिम्मेवारी तोकेको हो।

पार्टी उमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षहरूलाई विषय मिल्दो विभागको जिम्मेवारी तोकिएको बताए।

जसअनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई योजना तथा नीति, सुरेन्द्र पाण्डेलाई पूर्वाधार तथा विकास र रामबहादुर थापालाई कृषि तथा उद्यमशिलता विभागको जिम्मेवारी तोकेको छ। 

त्यस्तै अष्टलक्ष्मी शाक्यलाई सामाजिक विकास, युवराज ज्ञवालीलाई मानव स्रोत, सुवासचन्द्र नेम्वाङलाई सुशासन र सेवा प्रवाह र विष्णुप्रसाद पौडेललाई संगठन र प्रशिक्षणको जिम्मेवारी दिइएको हो। 

यससँगै एमालेले सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ भने स्थायी कमिटी सदस्यलाई जिल्ला र केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी तोकेको छ।