बैतडीमा विद्यालय कर्मचारी आन्दोलित: शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना

बैतडीमा विद्यालय कर्मचारी आन्दोलित:  शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना

बैतडी । बैतडीमा विद्यालय कर्मचारी आन्दोलित भएका छन । सरकारले पारिश्रमिक वृद्धि नगरेको भन्दै  जिल्लाका  सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन् ।

नीति तथा कार्यक्रममा  विद्यालय कर्मचारीको सेवा सुविधा बारे ग्यारेन्टी गरिने छ भने पनि बजेटमा समावेश नगरेकाले आन्दोलनका कार्यक्रम सुरु गरिएका  विद्यालय कर्मचारी खेम राज जोशीले  बताए । यस्तै  विद्यालय कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय  इकाइ बैतडीको  कार्यालयमा धर्ना दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला समिति बैतडीले आन्दोलनका कार्यक्रम अघि सारेको  हो । 

सरकारले आफुहरुका  माग सम्बोधन  नगरेको  भन्दै  जिल्ला भित्रका  सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोन चर्काउन थालेका हुन् । २६ गते  सम्म धर्ना कार्यक्रम गरिने र  त्यसपछि पनि अन्य आन्दोलनका कार्यक्रम अगाडी बढाइने विद्यालय  कर्मचारी विनोद बोहराले  बताए ।

विद्यालयमा कार्यरत कर्मचारी न्यून पारिश्रमिकमा काम गरिरहेका छन् ।  अहिले  सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले ८ हजार  पाउँछन्  भने लेखापालले १३ हजार  ५ सयमा डिउटी बजाउनु पर्ने बाध्यता छ । सरकारले  आफुहरु माथि श्रमशोषण गरेको  उनिहरुको  आरोप छ । पटकपटक सरकारमा रहेकाहरुको ध्यानाकषर्ण गराउदा पनि आफुहरुका पीडा कसैले  नसुनेका उनिहरुको  दुखेसो  छ ।