धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको हेल्चकराई, सेवाग्राही मारमा

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको हेल्चकराई, सेवाग्राही मारमा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठको हेल्चकराईका कारण सेवाग्राही मारमा परेका छन् । प्रमुख प्रशासकिय अधिकृतले कार्यालयमा समय नदिदा सेवाग्रही मारमा परेका हुन् ।

अधिकृत श्रेष्ठ कार्यालयमा नहुदा उपमहानगरपालिकाबाट पाउनु पर्ने सेवा सुबिधा नपाए पछि सेवाग्राही आक्रोशित बनेका हुन् । जनतालाई समय दिनुपर्ने र प्रमुखको तोक नभएर नहुने काममा समय दिनुपर्र्ने सेवाग्राही धनगढी १९ की मधुरादेवि सिहले बताए । सेवाग्राहीहरु दैनिक १५,१६ दिन उपमहानगरपालीका धाइरहदा पनि कार्यालय प्रमुखको अत्वपत्व नहुदा हैरानी खेप्नुपरेको मथुरा देवीको गुनासो छ ।

प्रमुख प्रशासकिय अधिकृतलृ हिजो देखि अब आउछु अब आउछु भनेर आश्वासन दिदै आएको तर, आफुहरुले सेवा सुबिधा नपाएको सेवाग्राही धनगढी ७ का प्रकाश बिष्टले गुनासो गरेका छन् । धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ भने निष्ठावान पूर्वक सेवा ग्राहीलाई सेवा प्रदान गरेको दाबि गरे ।

अहिले आर्थिक बर्षको अन्य तिर नयाँ कामको सम्झौता गर्न र सम्पन्न कार्यको भुक्तानीका लागि सेवाग्राहीहरु लाई चटारो छ ।  यस्तो व्यस्त समय प्रमुख प्रशासकिय अधिकृतले कार्यालयमा समय नदिदा टाढा टाढा बाट आएका सेवाग्राहीले सास्ती बेहर्नु परिरहेको छ ।