घट्यो क्रसफायर बाइकको मूल्य

घट्यो क्रसफायर बाइकको मूल्य

काठमाण्डौं । क्रसफायर बाइकको मूल्य घटेको छ।  नेपालको लागि क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। 

कम्पनीले क्रसफायर आरएम २५०, क्रसफायर एचजे २५० र क्रसफायर ट्र्याकर २५० गरी तीन मोडलमा मूल्य घटाएको हो।

यसअघि ८ लाख ८८ हजार रूपैयाँ पर्ने क्रसफायर आरएम २५० को नयाँ मूल्य ४५ हजारले घटेर ८ लाख ४३ हजार तोकिएको छ। 

नयाँ मूल्य सूची अनुसार अब क्रसफायर एचजे २५० जम्मा ६ लाख ९९ हजार रूपैयाँमा खरिद गर्न सकिन्छ। यसभन्दा अघि एचजे २५० को बजार मूल्य सात लाख ७० हजार रूपैयाँ थियो। यो बाइकमा एकैपटक ७१ हजारले मूल्य घटेको हो। 

त्यस्तै क्रसफायर ट्र्याकर २५० को मूल्य ४० हजार रूपैयाँ घटेको छ। यसअघि चार लाख १० हजार रूपैयाँ पर्ने यो बाइकको नयाँ मूल्य तीन लाख ७० हजार रूपैयाँ तोकिएको छ। 

May be an image of text that says 'CROSSFIRE italica moto NOTICE Ûh to Inform everyone that, Prices for Crossfire RM 250, Crossfire HJ 250 and Crossfire Tracker 250 have been updated The New prices are as follows: 1. Crossfire RM 250 Updated Price Previous Price 2. Crossfire HJ 250 Nrs. 8,43,000/- Nrs. 8,88,000/- Nrs. 6,99,000/- 3. Crossfire Tracker 250 Nrs. 7,70,000/- Nrs. 3,70,000/- Nrs. 4,10,000/- *All Prices will be effective from 22nd Jestha, 2080'