चन्द्रोदय विद्यालयको अध्यक्षमा परियार

चन्द्रोदय विद्यालयको अध्यक्षमा परियार

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित चन्द्रोदय माध्यमिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरज परियार निर्वाचित भएका छन् ।

मंगलबार बसेको अभिभावक भेलाबाट परियार अध्यक्षमा चयन भएका हुन् ।

परियार सो विद्यालयमा शिक्षक पदमा लामो समयसम्म र बिद्यालय ब्यवस्थापन समिति सदस्य पदमा तीन कार्यकालसम्म बसेर काम गरिरहेका थिए ।

परियारले बिद्यालयको शैक्षिक स्तर विकास र गुणस्तरियतामा सुधारका लागि योगदान दिदै अनुभव बटुल्दै अध्यक्ष बन्दा खुशी व्यक्त गरे ।

उनले विद्यालयको चौतर्फी विकासका साथै गुणस्तरीय शिक्षा प्राप्तिका लागि सधै लागिरहने बताए ।
अध्यक्षमा निर्वाचित परियार समाजसेवमा खटिने गरेका छन् ।