सुँगुरको बोसोबाट हवाई इन्धन

सुँगुरको बोसोबाट हवाई इन्धन

काठमाडौं । सुँगुर, गाइवस्तु तथा कुखुराको बोसोलाई विमानहरुमा हरित इन्धनको रुपमा प्रयोग गरिँदै आएको छ। तर एक नयाँ अध्ययनले भने यसो गर्नु अन्ततः पर्यावरणका लागि हानिकारक सावित हुने चेतावनी दिएको छ।

वास्तवमा जनावरको बोसोलाई अनावश्यक तथा बेकार मानिन्छ, त्यसैले हवाई इन्धनमा यसको प्रयोग कार्वन फुटप्रिन्ट कम गर्नका लागि उपयोगी ठानिएको छ।

एक प्रक्षेपण अनुसार इन्धन बनाउनका लागि मात्रै जनावरको बोसोको माग सन् २०३० सम्म ३ गुणाले बढ्ने सम्भावना छ र यसको ठूलो हिस्सा हवाइजहाजमा प्रयोग हुन्छ।

तर इन्धन उत्पादनमा जनावरको बोसोको प्रयोग बढ्दै जाँदा त्यसले जनावरको चर्बीको आपूर्तिमा कमी आउने र अन्य उद्योगहरुको पाम तेलमाथिको निर्भरता बढ्ने विज्ञहरुको आशंका छ। यो कार्वन उत्सर्जनको अहम् श्रोतमध्येको एक हो।

अर्कोतर्फ एयरलाइन्सहरुमाथि पनि कार्वन उत्सर्जन कम गर्ने भारी दबाब छ, किनकि हवाई जहाजहरुमा ठूलो परिमाणमा जिवास्म इन्धनको प्रयोग गरिन्छ।

बेल्जियमको ब्रसेल्सस्थित एक स्वच्छ परिवहन पैरवी समूह ट्रान्सपोर्ट एण्ड म्यानेजमेन्टका अनुसार एयरलाइन्सको बोसोको माग पूरा गर्नका लागि चाहिने जनावरहरु दैनिक रुपमा मार्न सकिँदैन। उक्त समूहका सदस्य म्याच फिन्चका अनुसार जनावरको बोसोको श्रोत असिमित छैन ।

उनी भन्छन्, ‘यदि विमान कम्पनीहरुबाट यसको माग बढ्यो भने ती उद्योगहरुले कुनै दोश्रो विकल्पको खोजी गर्नुपर्नेछ जो पहिलेदेखि नै जनावरको बोसोमा निर्भर थिए । र, त्यो विकल्प पाम तेल हो। यसप्रकार अप्रत्यक्ष रुपले उड्ययन उद्योग पाम तेलको खपत बढाउनका लागि जिम्मेवार हुनेछ।