बाजुरामा फष्टाउँदै स्याउँ खेती

बाजुरामा फष्टाउँदै स्याउँ खेती

बाजुरा । बाजुरामा पछिल्लो समय स्याउ खेती फष्टाउँदै गएको छ । कृषि ज्ञान केन्द्र बाजुराले स्याउ खेती हुने बाजुराको विभिन्न ठाउँको सम्भाव्यता अध्ययन गर्दै किसानलाई स्याउ खेती गर्न लगाएपछि पछिल्लो समय बाजुरामा स्याउ खेती फष्टाउँदै गएको हो ।

केन्द्रको पहल तथा अनुदानमा बाजुरामा उत्पादन गरेका स्याउँ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समय बाजुराका किसानको स्याउँ खेती प्रति आकर्षण बढ्दै गएको छ । केही समय अघि बाजुराका किसानले स्याउँ टिप्दै गाई गोरुलाई खुवाउँने गरेका थिए ।

बाजुरामा उत्पादन भएको अर्गानिक स्याउँले कतै बजार नपाएपछि यहाँका  किसान स्याउँ टिपेर गाई गोरुलाई खुवाउँन बाध्य हुन्थे ।

पछिल्लो समय कृषि ज्ञान केन्द्रको पहलमा बाजुरामा उत्पादन भएको स्याउँ देशका विभिन्न शहरमा बिक्री हुन थालेपछि यहाँका किसान स्याउँ खेती प्रति आकर्षण हुन थालेका हन् ।

पहिला गाउँमा स्थानीय स्याउँ धेरै उत्पादन गरेपनि त्यसले कतै बजार नपाउँदा स्याउँ खेती प्रति दिक्दार भएका किसान अहिले फेरि नयाँ स्याउँ उत्पादनमा चाँसो बढाउन थालेका छन् ।

अहिले कृषि ज्ञान केन्द्रले उनीहरुको बैगचामा नै पुगेर स्याउँ देशका विभिन्न ठाउँमा बिक्री गर्न आफैँले अनुदान दिन थालेपछि किसानलाई स्याउँ खेती प्रति निकै चाँसो बढेको हो ।

स्थानीय तहले पनि स्याउँ खेतीलाई प्राथमिकता दिन थालेका छन् । बाँझो जमिन सदुपयो गर्ने गरी विभिन्न स्थानीय तहले किसानलाई स्याउँ खेतीमा उत्प्ररित गर्दै आएका हुन् ।

केन्द्रले अहिले बारीबाट नै स्याउँ उठाउँन थालेपछि फेरि स्याउँ खेतीमा आकर्षण बढ्दै गएको बाजुराका स्याउँ किसान बताउछन् ।

पहिला बाजुराको हिमाली स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउँ उत्पादन हुन्थ्यो । अहिले गौमुल र खप्तडछेडेदह गाउँपालिकामा पनि स्याउँ फल्न थालेको केन्द्रले जनाएको छ ।

बाजुराका १७० हेक्टर जमिनमा अहिले स्याउँ खेती गरिन्छ । गत वर्षमा बाजुरामा एक हजार २० मेट्रिकटन उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी मिन प्रशाद जैसी बताए ।

उहाँले भन्नुभयो, ‘‘पहिला बाजुरामा थोरै स्याउँ उत्पादन हुने गथ्र्यो । त्यो स्याउँ पनि कतै बिक्री नभएर त्यहाँका किसानले गाई गोरुलाई खुवाउथ्ये । अहिले जिल्लामा उत्पादन भएको अर्गानिक स्याउँ कृषि ज्ञान केन्द्रको ढुवानी अुनदानमा देशका विभिन्न शहरमा बिक्री हुन्छ ।’’

पहिला लोकल स्याउँ मात्र उत्पादन हुने गरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको समेत स्याउँ समेत उत्पादन हुने गरेको छ ।

विगतका केही वर्ष यता बाजुरामा उत्पादन भएको  झण्डै ६ सय मेट्रिकटन स्याउँ देशका विभिन्न शहरमा बिक्री हुँदै आएको सूचना अधिकारी जैशीले बताए ।