‘संघिय सरकार गेटामा विश्वविद्यालयको विरुद्धमा उभियो भन्ने कुरा सत्य होईन’-भट्ट

‘संघिय सरकार गेटामा विश्वविद्यालयको विरुद्धमा उभियो भन्ने कुरा सत्य होईन’-भट्ट

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओबादी) केन्द्र सुदूरपश्चिम प्रदेश समितीले धनगढीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

कैलालीको गेटामा शहिद दरशथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको माग गर्दै स्थानीयहरुको आन्दोलन पछि आज (माओबादी) केन्द्र सुदूरपश्चिम प्रदेश समितीले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य खगराज भट्टले संघिय सरकार गेटामा विश्वविद्यालयको विरुद्धमा उभियो भन्ने कुरा झुटो भएको बताए । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका भट्टले माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संघिय सरकार पूर्ण रुपमा गेटामा विश्वविद्यालय निर्माणको लागि प्रतिवद्ध रहेकाले भ्रममा नपर्न आग्रह गरे ।

उनले भने—‘गेटा स्थित मेडिकल बिश्व बिद्यालयलाई नै अगाडी बढाउछौँ । यो मेडिकल बिश्व बिद्याल बन्छ, अन्य पार्टीका नेताहरुको फरक धारणा भए पनि हाम्रो पार्टीको एउटै धारणा छ यो मेडिकल बिश्व बिद्यालयका रुपमा नै अगाडी बढाउने । जुन सरकारले यो बिषयका लागि नीति तथा कार्यक्रम सम्म ल्यायो त्यहीँ सरकारको बिरोध किन गर्नुपर्यो र त्यहीँ सरकारको बिरोध गर्नु कुनै हालतमा ठिक होईन।’ यसलाई सच्याएर विश्वविद्यालय बनाउनको लागि निष्ठापुर्वक उभिएको छ’ उनले अगाडी भने ‘सदनमा अर्थमन्त्री ज्युले पनि बजेट १ अरब भन्दा बढी छुट्याइएको छ । शिक्षा र स्वास्थ्यबाट आएको फरक फरक शिर्षकको कारणबाट समस्या उत्पन्न भएको हो ।

नेता भट्टले यो बिषयलाई राजनीतिक लाभ हानीको बिषय बनाउने प्रयास गरिएको बताए । बजेटमा अहिले भएको त्रुटी सच्याउन सरकार निष्ठापुर्वक लागेको बताए ।

गेटामा विश्वविद्यालय स्थापनाका लागि दवाव दिन स्थानीयहरुले आइतबार सुदूरपश्चिम प्रदेशमा आम हड्ताल सहित सुदूरपश्चिम भरिका सरकारी कार्यालयहरु समेत बन्द गरेका थिए ।