अत्तरीयामा गोदावरी राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने

अत्तरीयामा गोदावरी राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने

अत्तरिया कैलालीको अत्तरीयामा गोदावरी राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । पिएफए स्पोर्टस कलबको आयोजना मा यहि मिति २०७६ साल जेष्ठ १८ गते देखि जेष्ठ २८ गते सम्म प्रतियोगिता संञ्चालन हुने भएको हो ।

सुदुरपश्चिम प्रदेशलाई फुटबलको शहर भनि देशब्यापी रुपमा परिचित गराउन प्रतियोगिता को आयोजना गरिएको संयोजक शिव राज भट्टराईले जानकारी दिए । क्लबले बिहिबार अत्तरियामा प्रारम्भिक पत्रकार सम्मेलनको आयोजना गरी खेल बारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै गोदावरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णराज जोशीले यस प्रतियोगिताले गोदावरी क्षेत्रको बिकास र प्रदेशको राजधानीलाई चिनाउन सफल हुनेमा बिस्वास ब्यक्त गरे । त्यस्तै वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाही गूडुले युबाहरु दुर्ब्यसनीमा लागेको बेला यस्ता प्रतियोगिता मार्फत युबाहरुलाई खेलको माध्यमबाट सही बाटोमा डोर्याउन सफल हुने बताए । प्रतियोगितामा देशका बिभिन्न १६ वटा कलबको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले ४ लाख,उप बिजेताले २ लाख नगद सहित ट्रफी मेडल तथा प्रमाण पत्र पाप्त गर्ने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडिले नगद रु २५ हजार प्राप्त गर्ने छन् । साथै उत्कृष्ट गोलकिपर, डिफेण्डर ,स्टाइकर ,सर्बाधिक गोलकर्ता र उदयमान खेलाडिलाई जनही रु १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ ।