बन्द भयो बजेट सूचना प्रणाली

बन्द भयो बजेट सूचना प्रणाली

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द गरेको छ ।

आर्थिक मामिला मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट २९ जेठ देखि असार १ सम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले १ असारमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेश सभामा सार्वजनिक गर्नेछ ।

वार्षिक बजेट प्रणालीमा आबद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुने गरी तय गरिएका सबै कार्यक्रमको तयारी र त्यसका लागि आवश्यक बजेट विनियोजन कार्य सहज बनाउन विकास गरिएको प्रणाली एलएमबीआईएस हो । नयाँ बजेटको तयारीमा लाग्नु पर्ने भएसँगै यो अवधिमा प्रणाली बन्द गर्नु परेको मन्त्रालयको भनाइ छ ।