काठमाडौं वर्ल्ड स्कुलले नेपाल टुर कार्यक्रम धनगढी र महेन्द्रनगरमा गर्ने

काठमाडौं वर्ल्ड स्कुलले नेपाल टुर कार्यक्रम धनगढी र महेन्द्रनगरमा गर्ने

धनगढी । काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त  धनगढी र महेन्द्रनगरमा कार्यक्रम गर्ने भएको छ।

यहि असार १ गते शुक्रबार ४ बजे धनगढीको जलशा होटल र शनिबार विहान ९ बजे महेन्द्रनगरको ओपेरा होटलमा कार्यक्रम गर्ने भएको हो । स्कुलले अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा उक्त शैक्षिक कार्यक्रम गर्न लागेको हो।

सो कार्यक्रममा स्कुलका चियरमेन इ.डा. मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलाललगायतका व्यक्तिहरुको उपस्थिति रहनेछ। कार्यक्रममा शिक्षाको विषयमा उनीहरुले प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रम समेत छ।