मित्र घिमिरेले दार्चुलामा लोकसेवाको तयारी कक्षा पढाउने

मित्र घिमिरेले दार्चुलामा लोकसेवाको तयारी कक्षा पढाउने

दार्चुला । लोकसेवा गुरूको ख्याती कमाएका युवा प्रशिक्षक मित्र प्रसाद घिमिरेले दार्चुलाको सधरमुकाम खलङ्गामा लोकसेवाको तयारी कक्षा पढाउने भएका छन ।

लोकसेवाको तयारीमा लागेका देशभरिका हजारौ विद्यार्थीहरूलाई काठमाडौं,पोखरा बिराटनगर,बुटवल, सुर्खेत लगायत थुप्रै शहरहरूमा लोकसेवा सम्बन्धी प्रशिक्षण दिएर लोकसेवाको गुरूको ख्याती कमाएका हुन ।

लोकसेवा तयारी कक्षा लिई हजारौ विद्यार्थीहरूलाई विभिन्न ठाउँमा सिफारिसका लागि सफल बनाएका घिमिरे एक अब्बल प्रशिक्षकका रूपमा चिनिन्छन। लोकसेवा, शिक्षक सेवा, सुरक्षा निकाय, संस्थान लगायत सबैका लागि आवश्यक पर्ने जि के ,आईक्यु र लेखन शैलीमा प्रशिक्षण दिदै आएका घिमिरेले असार पहिलो हप्ताबाट दार्चुलाको खलङ्गामा समेत लोकसेवा तयारी कक्षा लिने भएका छन ।

आफु नायब सुब्बा रहेको अवस्थामा समेत शाखा अधिकृतको तयारी कक्षा पढाउने गरेका घिमिरे युवा विद्यार्थीहरू माझ लोकप्रिय प्रशिक्षकको रूपमा समेत चिनिन्छन। घिमिरेले पढाएका हजारौ विद्यार्थीहरू देशभरीका प्राय कुनै न कुनै कार्यालयका कर्मचारी भएरै गएका छन ।

घिमिरे यहि जेष्ठ महिनामा मात्रै दार्चुलाको माहाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटिई दार्चुला पुगेका हुन । लेखा अधिकृत बाट प्रशासन समुहको उप सचिवमा खुल्ला बाट सिफारिस भएका घिमिरेको शुरू पोस्टिङ नै दार्चुला भएको थियो । स्याङ्जाको अर्जुनचौपारी (५ मा जन्मिएका घिमिरे लोकसेवाको प्रशिक्षक मात्रै नभएर लेखक समेत हुन । घिमिरेले लोकसेवाको विभिन्न पदका लागि आवश्यक पर्ने किताबहरू दर्जनौ पुस्तकहरू समेत लेखिसकेका छन ।

दार्चुलाका विद्यार्थीहरूलाई अवसर

लोकसेवा तयारीका हिसाबले निकै पछाडी रहेको दार्चुलाका विद्यार्थीहरूका लागि घिमिरेले दिने लोकसेवाको तयारी सम्बन्धी प्रशिक्षणले पढ्नेहरूका लागि निकै ठुलो अवसर मिल्ने छ । दार्चुलाबाट लोकसेवा तयारी गर्नकै लागि कतिपय विद्यार्थीहरू काठमाडौं आउनुपर्ने बाध्यता रहेकोले अब घिमिरेले जिल्लामै पढाउने भए पछि परिक्षार्थिहरुलाइ जिल्लामै बसेर लोकसेवाको तयारी गर्ने अवसर मिल्नेछ ।