नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस सकियो, आजै आदेश आउने

नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौँ / नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरुको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो । अभियुक्तहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे शुक्रबारै अदालतले आदेश गर्ने भएको छ ।

शुक्रबार सरकारी वकिलहरूले राज्यविरुद्धको अपराधका अभियुक्तहरू भएकाले उनीहरूलाई छोड्दा प्रमाण नष्ट गर्ने सम्भावना भएकाले थुनामै राखेर थप अनुसन्धान अघि बढाउनुपर्ने माग इजलाससमक्ष राखेका छन् । प्रहरीले यो प्रकरणमा ३० जनाविरुद्ध मुद्दा चलाएको छ । त्यसमध्ये १८ जना प्रहरी हिरासतमै छन् ।