आर्थिक मामिला मन्त्री शाहीले बजेट पेश गर्ने

आर्थिक मामिला मन्त्री  शाहीले बजेट पेश गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०८० ०८१ को बजेट प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले बजेट पेश गर्ने निर्णय गरेको हो । प्रदेशमा सभामा आर्थिक मामिला मन्त्री नरेश शाहीले बजेट पेश गर्ने छन् । 

आगामी आर्थिक वर्षको लागि ३० देखि ३२ अर्बको हाराहारीमा बजेट आउन सक्ने सम्भावना रहेको बताइएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ बजेट ल्याएको थियो ।