जनविरोधी बजेट आयो : संसदिय दलका नेता रावल

जनविरोधी बजेट आयो : संसदिय दलका नेता रावल

धनगढी । सुदूरपश्चिमको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको बजेट जनविरोधी रहेको टिप्पणी गरेको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आव २०८०/०८१ को प्रस्तुत गरेको बजेटमाथि प्रक्रिया दिँदै नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सो कुरा बताएका हुन् ।

उनले भने, ‘यो बजेट कर्मकाण्डी छ । यसले संसद विकास कोषलाई ब्यूँताउने काम गरेको छ । जुन जनविरोधी छ । ग्रामीण क्षेत्रको शिक्षामा लगानी बढाउनुपर्ने ठाउँमा संविधान विरोध बजेट आएको छ । उनले बजेट कार्यान्वयन हुनेमा पनि आशंका व्यक्त गरे ।