विपद्को अवस्थामा संरक्षण तथा लैङ्गिकतामा आधारित हिंसा सम्बन्धी प्रदेश स्तरीय तालिम सुरु

विपद्को अवस्थामा संरक्षण तथा लैङ्गिकतामा आधारित हिंसा सम्बन्धी प्रदेश स्तरीय तालिम सुरु

धनगढी । विपद् अवस्थामा संरक्षण तथा लैङ्गिकतामा आधारित हिंसा सम्बन्धी प्रदेश स्तरीय तालिम धनगढीमा सुरु भएको छ । ओरेक नेपाल धनगढी, यूूनएफए र सामाजिक विकास मन्त्रालयको सहकार्यमा शुक्रबारदेखि तीन दिने तालिम सुरु भएको हो । विपद् आउँदा सबैभन्दा बढी प्रभावित महिला, सुत्केरी, एकल महिला, अपाङ्गता भएका ब्याक्ति, बालबालिका, ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने  गर्दछन् । विपद् भनेर नआउने हुँदा यसबाट जोगिन पूर्व तयारी आवश्यक रहेको सहभागीले बताए ।

विपद्को समयमा अझै महिलाले नै बढी जोखिम मोल्नुपरेको दलित अधिकार मञ्च कैलालीका अध्यक्ष साबित्रा घिमिरेले बताइन् । यस्ता विपद्का बेला विभेद तथा छुवाछुत पनि हुने गरेको उनको भनाई छ । “विपद्का बेला महिला नै बढी प्रभावित भए उनीहरूका लागि छुट्टै व्यवस्थापन हुन नसक्दा समस्या भयो” उनले भनिन् । आगामी दिनमा यस्ता विषयमा ध्यान दिनुपर्ने उनले बताइन् । विपद् आउँदा सबैभन्दा बढी प्रभावित हुने समुदायको संरक्षण गर्न आवश्यक पहल गर्नुपर्ने सहभागीले बताए । विपद् भनेर नआउने हुँदा यसबाट जोगिन पूर्व तयारी आवश्यक रहेको ओरेकमा कार्यरत लक्ष्मी अर्यालले बताइन् ।

समाजमा लैङ्गिकतामा आधारमा अझै पनि विभेद हुने गरेको छ । प्रहरीको डाटा अनुसार गत वर्ष सुदूरपश्चिम प्रदेश भरि २३४ रेप केस दर्ता भएका छन् भने घरेलु हिंसा १३१८ केस दर्ता भएका छन् ।

No description available.

तालिममा विपद् व्यवस्थापन सम्बन्धी नेपालको संघिय कानुनबारे जानकारी गराइएको थियो । नेपालको संविधान २०७२ का बारे र लैङ्गिकतामा आधारित हिंसाका प्रकार   बारे जानकारी गराइएको थियो । यस भित्र शारीरिक हिंसा, भावनात्मक तथा मनोवैज्ञानिक हिंसा, हानिकारक अभ्यास (कुरीति), अवसर र बञ्चितिकरण, यौन हिंसा, संरचनागत हिंसा आदिबारे छलफल गरिएको थियो । कार्यक्रमको सहजीकरण सामाजिक विकास मन्त्रालयका प्रतिभा श्रेष्ठ, ओरेकमा कार्यरत लक्ष्मी अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लक्ष्मी जोशी र सञ्जीता तिमिल्सेनाले गरेका हुन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

No description available.