भन्सार छली गरि अवैध रुपमा ल्याइएका सामान सहित एक जना पक्राउ

भन्सार छली गरि अवैध रुपमा ल्याइएका सामान सहित एक जना पक्राउ

कंचनपुर ।कंचनपुरमा भन्सार छली गरि अवैध रुपमा ल्याइएका सामान सहित एक जना पक्राउ परेका छ्न् ।शुक्रबार साँझ जिल्लाको बेलौरी नगरपालिका ९ रतनपुर बस्ने  ३५ वर्षीय शंकर दत्त भट्टलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।अन्दाजी रु.१०९००० मुल्य बराबरको चिनी, मैदा लगायतका अवैध सामान सहित भट्टले चलाएको से.७ प. ८७१ नम्बरको मोटरसाइकल नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो। भट्टलाई बेलौरीबाट कलुवापुर  तर्फ अवैध रुपमा सामान लगेर गईरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बनसाहबाट खटिएको नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो।

साथै बेलौरी नगरपालिका २ बैजुडाडाबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको  नेपाल प्रहरीको संयुक्त टोलीले बेवारिसे मोटरसाइकल सहित अबैध रुपमा भंन्सार छलि गरि ल्याइएको  रू.९०,८००।– मुल्य बराबरको मैदा, कुरकुरे, चिसो पेय पदार्थहरु ड्यु, फ्रुटी र लिचि जुस जस्ता सामानहरु नियन्त्रणमा लिएको छ।
यसैगरि, सोही शुक्रबार साँझ बेलौरी नगरपालीकाकै वडा नम्बर १० भुडामा रहेको लठ्ठाघाट स्थित नेपाल भारत सिमाना नजिकैको सडक किनाराबाट भारतबाट भन्सार छली गरि ल्याइएका टमाटर,बोडी हरियो,खुर्सानी,काक्रा,सिम्ला मिर्चा,भिण्डी लगायत अन्दाजी रु.१५,७००।- मुल्य बराबरको तरकारी वेवारिसे अवस्थामा फेला परेका छन । ईलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको नेपाल प्रहरीकै टोलीले फेला परेको उक्त बेवारिसे सामान नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेल्डाडीले जनाएको छ।

अवैध रुपमा भन्सार छ्ली गरि सामान ल्याउनेहरु बढेपछि  नेपाल प्रहरीले समेत निगरानी बढाएको छ।