८१ वर्षपछि पुस्तकालयमा फिर्ता गरियो किताब

८१ वर्षपछि पुस्तकालयमा फिर्ता गरियो किताब

काठमाण्डौँ । मानिसहरु पुस्तकालय जान्छन्, किताब पढ्छन् र कहिलेकाहीँ नियमानुसार केही दिनका लागि नाम दर्ता गराएर घरमा पढ्नका लागि किताब लैजान्छन् ।

सबैजसो पुस्तकालयमा पाठकका लागि लगेको किताब फिर्ता गर्नुपर्ने निश्चित समय तोकिएको हुन्छ र उक्त समयमा किताब फिर्ता नगरेमा दैनिक रुपमा केही रकम जरिवाना तिर्नुपर्ने हुन्छ ।

यसरी दैनिक रुपमा जरिवाना तिर्नुपर्ने अवस्थामा कुनै मानिसले कति दिनसम्म पुस्तकालयको किताब लगेर घरमा राख्छ होला रु सायद पत्याउनै गाह्रो पर्छ होला, एकजना व्यक्तिले पुस्तकालयबाट लगेको किताब ८१ वर्षपछि फिर्ता गरेका छन् ।

अमेरिकाको वाशिंगटनस्थित एबरडिनमा यो घटना भएको हो । सन् १९४२ को मार्च ३० मा लगिएको उक्त किताब ८१ वर्षपछि बल्ल पुस्तकालयमा फिर्ता गर्नका लागि ल्याइएपछि पुस्तकालयका कर्मचारीहरु समेत तीनछक परे ।

टिम्बरल्याण्ड क्षेत्रीय पुस्तकालयले आफ्नो फेसबुक पेजमा यसबारेमा जानकारी दिँदै लेखेको छ(चार्ल्स नरडफ तथा जेम्स नर्मनले हलको पुस्तक द बाउन्टी  ट्रिलोजी ८१ वर्षपछि एबरडिन टिम्बरल्याण्ड पुस्तकालयमा फिर्ता आएको छ । वास्तवमा पुस्तकालयको यो किताब कसैको पुराना सामानमा त्यत्तिकै राखिएको अवस्थामा फेला परेको थियो ।

उक्त पुस्तक सन् १९३२ मा प्रकाशित भएको हो । यदि उक्त पुस्तक लग्नेलाई नियमानुसार दैनिक ०।०२ डलरको हिसाबले जरिवाना लगाएको भए किताब लग्ने व्यक्तिले ४८४।८० डलर तिर्नुपर्दथ्यो । त्यो भनेको शनिबार, आइतबार तथा सार्वजनिक बिदाको दिनहरु कट्टी गरेपछिको जरिवाना रकम हो ।

तर पुस्तकालयले धेरै समय किताब राखेवापतको जरिवानाको नियम हटाएकाले ८१ वर्षपछि किताब फर्काउँदासमेत कुनै जरिवाना लागेन ।

पुस्तकालयका अनुसार सो पुस्तक हाल पुस्तकालयमा रहेको र जो कोहीले पनि पढ्नका लागि लैजान सक्ने जनाएको छ ।