गोदावरी र घोडाघोडीका बिद्यालयमा थप तीन दिन गर्मी बिदा

गोदावरी र घोडाघोडीका बिद्यालयमा थप तीन दिन गर्मी बिदा

धनगढी । अत्याधिक गर्मी हुनथालेपछि कैलालीको गोदावरी नगरपालिका भित्रका विद्यालयमा थप तीन दिन गर्मी बिदा हुने भएको छ । गोदावरी नगरपालिकालेले आईतबार एक सूचना जारी गर्दै थप तीन दिन बिदा दिएको जनाएको हो ।

यस अघि नगरपालिकाले जेठ २९ गते देखि असार १ गते सम्मका लागि बिदा दिएको थियो ।

यस्तै, घोडाघोडी नगरपालिकाले पनि आज देखि पाँच गते सम्म थप तीन दिन विद्यालयमा बिदा दिएको जनाएको छ । अत्याधिक गर्मी बढेका कारण यस अघि नगरले गत जेठ २९ गते सोमबारदेखि असार एक गतेसम्म विद्यालय बन्द गरेको थियो। 

तापक्रम बढदै गएपछि आज बाट थप तीन दिन बिदा दिने निर्णय गरेको घोडाघोडी नगरपालिकाका सूचना अधिकारी तथा शिक्षा शाखा अधिकृत उमेश राज रेग्मीले जानकारी दिए ।

नगरपालिकाले बढ्दै गरेको अत्याधिक गर्मीका कारण बालबालिकामा विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्न सक्ने भन्दै वर्षे बिदामा मिलान हुने गरि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।