यस्तो जागिर जहाँ काम छँदैछैन तर पैसा नै पैसा

यस्तो जागिर जहाँ काम छँदैछैन तर पैसा नै पैसा

काठमाण्डौँ । संसारमा सबै मानिसको चाहना हुन्छ कि आरामको जागिर होस् जहाँ काम कम र तलब धेरै होस्। तर हालै एउटा यस्तो जागिर खुलेको छ जहाँ काम छँदैछैन तर पैसा नै पैसा छ ।

त्यो जागिरमा कामको नाममा केवल खाने काम छ । खाने कुरा पनि कुनै मन नलाग्ने चिज होइन । धेरै जनाले मन पराउने पिज्जा खाने जागिर हो त्यो ।

हो, अमेरिकाको विस्कन्सिन मेडिसन सेन्टर अफ डेरी रिसर्च विश्वविद्यालयले यस्ता मानिसहरुलाई जागिरमा भर्ना गर्न खोजेको छ जसलाई स्वाद चाख्न र परख गर्न आउँछ । उनीहरुको काम भनेको केवल पिज्जा खानु र त्यसको स्वाद बताउनु हो ।

म्भकअचष्उतष्खभ क्भलकयचथ एबलभष्कित पदको उक्त जागिरमा केवल एक घण्टा मात्रै काम गर्नुपर्दछ र त्यसवापतको तलब पनि राम्रो छ । पिज्जा चाख्नेसँगै प्यानल छलफल, तालिम सत्र तथा अन्य कार्यक्रममा पनि भाग लिनुपर्छ ।

विश्वविद्यालयले भनेको छ( डेरी अनुसन्धान केन्द्र सबै प्रकारका खाद्य पदार्थ र विशेष गरी पनिर, पिज्जा र अन्य दुग्धजन्य उत्पादनप्रति रुचि राख्नेको खोजीमा छ ।

यो जागिरका लागि यस्ता उम्मेदवार उपयुक्त हुनेछन् जो खानाका शौखिन छन् र खानेकुराको स्वादका बारेमा जान्नुका साथै राम्रो ढंगले बताउन पनि सक्दछन् । त्यसका साथै खानेकुराको बनावट, टेक्स्चर, स्वाद तथा सुगन्धको बारेमा प्यानलमा कुराकानी गर्न सक्दछन् ।

कर्मचारी भर्ना गरेसँगै सुरुवातमा सक्षम विशेषज्ञ टेस्टर्सको एक समूहको हिस्सा बन्नका लागि प्रशिक्षित गरिन्छ । त्यो काममा अन्य खाद्य परिकार सँगै हप्ताभरमा २४ वटा पनिरका नमूना तथा १२ वटा पिज्जा खाने काम हुनेछ ।

साथै एउटा सत्र ३ घण्टासम्मको हुने र प्यानलिस्टहरु हरेक हप्ताका तीनवटा सत्रमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने विश्वविद्यालयले जनाएको छ । यसमा प्रतिघण्टा १५ डलरका हिसाबले एक सत्रको ४५ डलर भुक्तान गरिनेछ ।