एसपीएका विद्यार्थी समुयल न्यौपानेले पाए अन्तर्राष्ट्रिय अवार्ड

एसपीएका विद्यार्थी समुयल न्यौपानेले पाए अन्तर्राष्ट्रिय अवार्ड

धनगढी । एसपीए कलेजमा अध्ययनरत् विद्यार्थी समुयल न्यौपानेले अन्तर्राष्ट्रिय एभरेस्ट क्लाईमेट एक्सन अवार्ड पाएका छन् ।

एसपीए कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत् समुयललाई युवा तथा खेलकुद मन्त्रालयको आयोजना र युथ डेभलपमेन्ट सेन्टर एवं राष्ट्रिय युवा परिषद्को सहआयोजनामा काठमाडौंमा मंगलबार भएको  साउथ एसियन क्लइमेट एक्सन कन्फ्रेन्समा उपराष्ट्रपति रामसहाय यादवले उक्त अवार्डबाट सम्मानित गरेका हुन् ।

कन्फ्रेन्समा सहभागी नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका ६९  जना र नेपालबाट २४ जना युवाहरुमाझबाट समुयललाई उक्त अवार्ड दिइएको हो । सहभागीमध्ये समुयलसहित २० जनाले उक्त अवार्ड पाएका थिए ।

लामो समयदेखि ग्रीन क्लिन धनगढीको अभियानमार्फत धनगढीलाई सफा, स्वच्छ र हराभरा बनाउँने अभियानको नेतृत्व गरेको भन्दै समुयललाई उक्त अवार्डले सम्मानित गरेको हो ।  

समुयल धनगढीमा वातावरण संरक्षण र जनचेतना अभिवृद्धि गर्ने कार्यमा विगत १० बर्ष देखि निरन्तर लागिरहेका छन् । ग्रीन क्लिन धनगढीको निर्देशक समेत रहेका उनले वृक्षरोपण, सरसफाइ, सामुदायिक जनचेतनाका साथै विशेष रूपमा ूएक विद्यालय एक ईको क्लबू अभियान संचालनमा ल्याएका छन् । उक्त क्लब हाल धनगढीको विभिन्न १७ वटा विद्यालयहरूमा संचालनमा रहेका छन् । जसले आफ्नो वरपरको वातावरण संरक्षणमा विभिन्न काम गर्दै आएको छ ।

यसका लागि वातावरण सम्बन्धि जनचेतना जगाउने उदेश्यले समुयलले देशव्यापी ुधनगढी वक्तृत्व प्रतियोगिताु को आयोजना गर्दै आएका छन् । नेपालभरिबाट प्रतिस्पर्धिहरू सहभागी गराई राष्ट्रिय स्तरमा नै वातावरण सम्बन्धि जनचेतना फैलाउने गरिएको छ ।

उनको नेतृत्वमा ग्रिन क्लिन धनगढीले यस क्षेत्रमा मात्रै १५ सयभन्दा बढी वातावरण स्वयंसेवकहरूहरु तयार गरिसकेको छ ।