प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

संसद भवन नयाँबानेश्वरमा विहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानून न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ ।