अत्तरिया बाट लागुऔषध सहित २ जना पक्राउ

अत्तरिया बाट लागुऔषध सहित २ जना पक्राउ

धनगढी ।  अत्तरियाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन । कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट लागुऔषध सहित धनगढी उपमहानगरपलिका–५ का २८ वर्षीय अनमोल शाह र धनगढी–६ को १८ वर्षीय जमनसिंह धामी पक्राउ परेका हुन ।

उनीहरुको साथबाट २ ग्राम ११० मिलीग्राम लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अनमोल शाहले चलाएको से ७ प १४०१ नम्बरको मोटरसाइकल संकालागि चेकजाँच गर्दा लागुऔषध फेला परेपछि मोटरसाईकलसहित दुबैलाइ नियन्त्रणमा लिएको जनाइएको छ।