क्रिष्टल होटेल बोराडाँडीमा आफ्नै भवनमा सर्‍यो

क्रिष्टल होटेल बोराडाँडीमा आफ्नै भवनमा सर्‍यो

धनगढी । धनगढी मुख्य सडकमा रहेको क्रिष्टल होटेल बोराडाँडी आफ्नै भवनमा सरेको छ।

बुधवार बोराडाँडी आर्मी ब्यारेक नजिकै रहेको भवनमा होटेलको उद्घाटन गरिएको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र होटेल सञ्चालक पाण्डेकी आमा भागेश्वरीदेवी पाण्डेयले उद्घाटन गरेका हुन् । ६ लेन सडकमा रहेको नयाँ भवनमा अट्याच बाथरुम र एसी सुबिधासहितका नौ वटा कोठा रहेको होटेलका सञ्चालक केशवराज पाण्डेयले बताए।

होटेलमा स्तरीय खाना र खाजाको व्यवस्था रहेको पाण्डेयले बताएका छन्। ६ लेन सडकमा रहेको होटेलबाट विमानस्थल र धनगढी बजार जान आउन सहज हुने सञ्चालक पाण्डेयले बताएका छन्।