धनगढीमा लागुऔषधसहित एकजना पक्राउ

धनगढीमा लागुऔषधसहित एकजना पक्राउ

धनगढी। धनगढीमा लागुऔषधसहित हेम सिंह साउद पक्राउ परेका छन्।

बुधवार राति धनगढी उपमहानगरपालिका–२ व्यारेल स्थित गोदावरी नगरपालिका–१ का २४ वर्षीय साउदलाई शंकालागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ८६० मिलिग्राम लागुऔषध फेलापारी पक्राउ गरिएको हो। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिईएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।