कार्य सम्पादनमा दार्चुलाको मालिकार्जुन मावि बन्यो देशकै उत्कृष्ट

कार्य सम्पादनमा दार्चुलाको मालिकार्जुन मावि बन्यो देशकै उत्कृष्ट

धनगढी । दार्चुलाको मालिकार्जुन मावि देशकै उत्कृष्ट विद्यालय घोषित भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ७ स्थित मालिकार्जुन माध्यमिक नमूना विद्यालय देशभरमै सर्वोत्कृष्ट बनेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै सार्वजनिक गरेको नतिजाअनुसार धापको मालिकार्जुन एक नम्बरमा परेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले मालिकार्जुन माविले व्यवस्थापकिय तथा शैक्षिक कार्यमा राम्रो काम गरेको भन्दै उत्कृष्ट बनेको बताए। उनका अनुसार शैक्षिक समीक्षा कार्यालयको कार्यसम्पादन परीक्षणबाट सो नतिजा आएको हो।