धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

कैलाली ।  कैलालीमा एक जना लागुऔषसहित पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ व्यारेलबाट १ ग्राम ८ सय ६० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–१ का २४ वर्षीय हेमसिँ साउद पक्राउ परेका हुन्।

उनलाई बुधबार राति प्रहरी चौकी त्रिरिनगरबाट खटिएको प्रहरी टोलीले गाँजा फेला पारी पक्राउ गरेको हो।