कैलालीमा अबैध काठसहित २ जना पक्राउ

कैलालीमा अबैध काठसहित २ जना पक्राउ

धनगढी । कैलालीमा अबैध काठसहित २ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१२ कोलमुडा स्थित भित्री सडक खण्डमा गोदावरी–११ का २८ वर्षीय अम्मर साउँद र ३९ वर्षीय नन्दराम बडैला गएराति पक्राउ परेका हुन्।

साउँदले चलाएको लु ४ त ४७६६ नम्बरको ट्याक्टरमा अबैध रूपका सालको ७ (सात) फिट लम्बाई भएको ४८ वटा फ्रेम र ७ (सात) फिट लम्बाई भएको १८ वटा कडी फेलापारी अस्थाई प्रहरी पोष्ट ओलानीले नियन्त्रणमा लिएको छ। ट्याक्टर र दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।