धनगढीमा पुष्प खेती गरिने

धनगढीमा पुष्प खेती गरिने

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आज बिहीवार बार्षिक निति तथा कर्यक्रम सार्वजनिक गरेको छ । उक्त कर्यक्रममा बजारमा फूलको बढ्दो मागलाई ध्यानमा राखी पुष्प खेती योजना रहेको छ  ।

षकहरूका लागि तालिम र अनुदानको व्यवस्था मिलाई यसका लागि यस वर्ष वडा नम्बर ६ मा पुष्पखेती प्रदर्शन प्लट तयार गरी पुष्पखेती श्रोत केन्द्र विकास गर्ने र पुष्पखेती सम्बन्धी सबै सेवा प्रवाह एकै स्थानबाट गर्ने नीति रहेको नगर प्रमुख गोपाल हमाललेब बताए ।

प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्न गड्यौला मल तथा जैविक मलको उत्पादन र प्रयोग गर्न प्रोत्साहन गरिनेछ । खेती गर्ने माटोको अवस्था थाहा पाउन र खेती गर्दा प्रयोग गरिने मलखादको मात्रा सिफारिस गर्न माटो परीक्षण गर्ने कार्यलाई दिईने भएको छ ।

सिंचाई सुविधा नभएका कृषियोग्य जमीनमा सिंचाई सुविधा विस्तारका लागि स्यालो ट्युवेल जडान गर्न र आधुनिक प्रविधिबाट चक्ला बन्दी खेती गर्न आधुनिक कृषि यन्त्र, औजार खरीदमा कृषकहरूलाई अनुदान दिने व्यवस्था रहेको नगर प्रमुख हमालले बताए ।