‘धनगढीका यस्ता छन योजना’

‘धनगढीका यस्ता छन योजना’

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आज बिहीवार बार्षिक नीति तथा कर्यक्रम  पेश गरेको छ । नगर प्रमुख गोपाल बहादुर हमालले आगामी आर्थिक बर्ष २०८०÷०८१ को निति तथा कर्यक्रम सभामा पेश गरेका हुन । 

निति तथा कर्यक्रमले युवा लक्षित व्यवसायिक कृषि कार्यक्रम एवम् एकल महिला, मुस्लिम महिला, अपाङ्गता भएका महिला, दलित महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, भूमिहिन, जनजाति र मुक्त कमैया परिवारको आम्दानी बढाउन तरकारी खेती, च्याउ खेती तथा मसलाबालीसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । 

‘कृषिजन्य उत्पादनको बजारीकरणका लागि कृषि थोकबजार, कृषि हाटबजार, कृषि उपज संकलन केन्द्र निर्माण गरी सञ्चालन गर्ने र बजारीकरणका लागि आवश्यक पर्ने सामानहरूमा अनुदानको व्यवस्था गरिनेछ’ निति तथा कर्यक्रममा भनिएको छ । 

यस्तै आलुको बीउ उत्पादन र भण्डारणमा अनुदानको व्यवस्था गरिने जनाईएको छ  । ‘उन्नत तथा थारु आलु उत्पादनको लागि आलु उत्पादन पकेट क्षेत्र विकास कार्यक्रम लागु गरिनेछ’ नीति तथा कर्यक्रममा  छ । 
यस्तै पर्यटन सेवाबाट प्राप्त हुने लाभ स्थानीय समुदाय र जनतामा पुर्याउन ग्रामीण पर्यटकीय क्रियाकलापको विस्तार तथा अभिवृद्धि जनाईएको छ । ‘हाल विद्यमान रहेका पर्यटकीय स्थलको स्तरोन्नति गरिनुका साथै नयाँ पर्यटकीय गन्तव्य स्थलको पहिचान गरी सुरक्षित गन्तव्ययुक्त पर्यटन पूर्वाधार विकास गर्दै पर्यटकलाई उपलब्ध गराउने सेवाको सहज पहुँच र बसाईको अवधि लम्ब्याई स्थानीयस्तरमा रोजगारीका अवसरको वृद्धि गरी उप–महानगरबासीको जीवनस्तरमा सुधार गरिनेछ ’ नीति तथा कर्यक्रममा  छ ।  

“स्वस्थ उप–महानगर–समृद्ध जनता, गुणस्तरीय स्वास्थ्य सेवा– नेती है गुणस्तर छैन बहाबार हाम्रो प्रतिबद्दता” लाई आत्मसात गर्दै आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी तथा गुणस्तरीय बनाउन स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने पुर्वाधार, औषधि, उपकरण लगायतका अन्य श्रोतसाधन वृद्धि गर्दै प्रविधिमैत्री बनाउने निति तथा कर्यक्रममा समाबेश गरीएको छ । 

यस्तै महिला स्वास्थ्य स्वयंसेविकाले गरेको कार्यको कदर गर्दै हाल पाइरहेको सेवा सुविधालाई समयानुकुल पुनरावलोकन गरी सेवालाई प्रोत्साहित गर्ने जनाईएको छ  । महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका कार्यक्रमलाई थप शंसक्त र प्रभावकारी पर्ने नगर प्रमुख हमालले जनाएको छ । 

बहुल सांस्कृतिक एवम् सम्पदाहरुको संरक्षण, मौलिक संस्कृतिको जगेर्ना, सांस्कृतिक पर्यटन प्रवर्द्धन र सबै समुदायको धार्मिक, भाषिक सञ्चार एवम् सांस्कृतिक मूल्य मान्यताको अभिवृद्धि गर्दै लगिनेछ । थारु तथा रानाथारु समुदायमा प्रचलित गुरुवा, भलमन्सा, बडघर प्रथा, भुईया, देउथान, लगायत संस्कृतिको उचित संरक्षण एवम् प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा भनिएको छ  ।

“हाम्रो धनगढी: हामी बनाउँछौं” भन्ने गतवर्षदेखि सुरु भएको अभियानलाई धनगढीबासीहरुको सहयोग र सहकार्यमा यस वर्ष पनि निरन्तरता दिई व्यवस्थित दिगो सुरक्षित पूर्वाधार विकास गर्ने नीति लिइने नगर प्रमुख हमालले बताए ।