धनगढीमा ‘रिफ्ट’ फेसन डिजाइन स्कुल सञ्चालनमा

धनगढीमा ‘रिफ्ट’ फेसन डिजाइन स्कुल सञ्चालनमा

धनगढी  । धनगढीमा राज्य ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजी सञ्चालनमा‌ आएको छ ।

बिहीबार पत्रकार सम्मेलन मार्फत उक्त फेसन डिजाइन टेक्नोलोजी सञ्चालनमा‌ आएको जानकारी गराइएको हो ।

धनगढी उपमहानगरपालिका-२ एसपीए क्याम्पस अगाडि उक्त टेक्नोलोजी सञ्चालन भएको छ ।

फेसन डिजाइन सम्बन्धि तालिम लिनका लागि सुदूरपश्चिमका महिलाहरू काठमाडौं अथवा भारत जानुपर्ने समस्या रहेको र उक्त समस्यालाई समाधान गर्न फेसन डिजाइन टेक्नोलोजी सञ्चालन गरिएको राज्य ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजीकी सञ्चालिका दिप्ती शाहीले बताइन् ।

टेक्नोलोजीमा १५ महिने डिप्लोमा कोर्स सञ्चालनमा ल्याइने र डिप्लोमा कोर्सअन्तर्गत फेसन डिजाइन कम्टिसन, साइड भिजिट, प्रेरणादायी कक्षा र आत्मविश्वास बढाउनेलगायत कुराहरू सिकाइने बताइएको छ ।

विद्यार्थीलाई ५० प्रतिशत प्रयोगात्मक र ५० प्रतिशत सैद्धान्तिक गरि प्रत्येक दिन अढाई घण्टा पढाई हुने शाहीले बताइन् ।

उक्त फेसन डिजाइनिङ कोर्स लिनका लागि कुनैपनी शैक्षिक प्रमाणपत्रको आवश्यकता नपर्ने उनले बताएकी छन् ।

टेक्नोलोजीले फेसन डिजाइनीङ कोर्स गरेका विद्यार्थीलाई उद्यमी बन्नका लागि सहयोग गरिने बताइएको छ ।