'टाइटानिक' जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाको ज्यान गयो

'टाइटानिक' जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाको ज्यान गयो

काठमाडौँ । एटलान्टिक महासागरमा टाइटानिक जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाको ज्यान गएको छ । अमेरिकी कोस्ट गार्डले यसको पुष्टि गरेको हो ।

अमेरिकी कोस्ट गार्डका एक अधिकारीले पनडुब्बीको पाँच भाग टाइटानिक जहाजको एक हजार छ सय फिटमा फेला परेको पुष्टि गर्नुभयो । भेटिएको भग्नावशेष विपत्तिजनक विस्फोटसँग मिल्दोजुल्दो रहेको जनाइएको छ । 

टाइटानिक जहाजको भग्नावशेष हेर्न पर्यटक बोकेर गएको पनडुब्बी जहाज गएको आइतवार बेपत्ता भएको थियो । जहाजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित दुई जना बेलायती–पाकिस्तानी, एक जना बेलायती व्यापारी र एक जना फ्रान्सेली अन्वेषक थिए ।

टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो । त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो । 

केही वर्षदेखि टाइटनिक जहाजको भग्नावशेष देखाउन ओशनगेट कम्पनीले पनडुब्बीमार्फत पर्यटक लैजाने गरेको छ । कम्पनीले आठ दिनको प्याकेजका लागि प्रतिव्यक्ति साढे १ लाख डलर दिने गरेको छ ।