कैलाली कञ्चनपुरबाट ४ लाख बढीका भन्सार छलिका सामान फेला

कैलाली कञ्चनपुरबाट ४ लाख बढीका भन्सार छलिका सामान फेला

धनगढी । कैलाली र कञ्चनपुरबाट ४ लाख बढीका भन्सार छलिका सामान बरामद गरिएको छ । धनगढीबाट १ लाख बढीका भन्सार छलिका सामान बरामद गरिएको हो भने कञ्चनपुरबाट ३ लाख बढीका भन्सार छलिका सामान बरामद गरिएको छ ।

प्रहरीले धनगढी उपमहानगर–२ ट्राफिक चोकमा भन्सार छलिका १ लाख ६ हजार बराबरको टेन्टको समान, फ्यान ठुलो, हाडवेयर, झिलमिला लाईट, लाईट रोल, लगायतका सामानहरु वेवारिसे अवस्थामा बरामद गरेको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले ट्राफिक चोकबाटै भन्सार छलिका अन्दाजी १३ हजार मुल्य बराबरको सुपरपावर, विडी, कट्टु लगयातका सामानहरु वेवारिसेअवस्थामा फेला पारेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० मा २ लाख ५० हजार मुल्य बराबरको एयरफोन बेवारिसे अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय गड्डाचौकीको प्रहरीटोलीले नियन्त्रणमा लिएको छ ।

बेलौरी नगरपालिका–५ मैनाहामा भन्सार छलीका स्याम्पु, खाने तेल, डिऊ (चिसो पेय पदार्थ) लगायतका सामान नियन्त्रणमा लिइएको छ । अन्दाजी ६७ हजार मुल्य बाराबरको उक्त सामानसहित से.७ प. ८१८६ नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणामा लिइएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।