दार्चुलामा बेवारिसे शव फेला

दार्चुलामा बेवारिसे शव फेला

दार्चुला। दार्चुलामा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ।

आज (शुक्रवार)दिउसो ब्याँस गाउँपालिका २ पतङ्गाड खोलामा नाम थर, वतन नखुलेको करिब ४०/४५ वर्षका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटना बारे वडा नम्बर ३ का वडा अध्यक्ष उपेन्द्र सिंह धामीले जानकारी गराउनासाथ उक्त स्थानमा प्रहरी चौकी सुनसेरा दार्चुलाबाट प्रहरी टोली खटिएको बताइएको छ। 

थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय हुतीबाट पनि प्रहरी टोली खटिएको छ।