दार्चुलामा सर्पको टोकाइबाट किशोरीको मृत्यु

दार्चुलामा सर्पको टोकाइबाट किशोरीको मृत्यु

दार्चुला । दार्चुलामा सर्पको टोकाइबाट किशोरीको मृत्यु भएको छ । लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको हो ।

लेकम–३ मकन्ना जेबलाका प्रेम वल्लव जोशीकी छोरी हेमन्ती जोशीको शुक्रबार सर्पको टोकाईबाट मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

उनलाई बिहान घरमै कोठाभित्र सर्पले टोकेको बताइएको छ । हेमन्ती कृष्ण मावि लालीमा कक्षा १२ मा अध्यनरत थिइन् ।