बैतडीमा एकल तथा विपन्न महिलाहरुलाई बाख्रा वितरण

बैतडीमा  एकल तथा विपन्न महिलाहरुलाई बाख्रा वितरण

बैतडी । बैतडीका एकल तथा विपन्न महिलाहरुलाई  बाख्रा वितरण गरिएका छन् । जिल्लाको सिगास गाउँपालिका  वडा नम्बर २ का   एकल तथा विपन्न महिलाहरुलाई  बाख्रा वितरण गरिएका हुन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएका हुन्  । आय आर्जनमा सहज होस भनेर भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र पाटनको  सहयोगमा  बाख्रा वितरण गरिएको  वडा अध्यक्ष ठगेन्द्र  सिंह ऐरले  बताए ।  

१५ जना एकल तथा विपन्न महिलालाई एक÷एक बाख्रा बितरण गरिएका उनले  बताए ।  भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जिल्लाका प्रत्येक पालिकाका एक वडामा बाख्रा वितरण गर्दै छ ।   जिल्लाका अन्य पालिका भित्रका वडामा  पनि  बाख्रा बितरण गरिएका गरिने भेटेरेनरी तथा पशु सेवा विज्ञ  केन्द्र पाटनका प्रमुख गुमानि दत्त पन्तले बताए। 

आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले  एकल महिलालाई बाख्रा वितरण भैरहेका उनले  बताए ।  बाख्रा पालनबाट एकल महिलालाई आयआर्जनमा टेवा पुग्ने र  आर्थिकरुपमा आत्मनिर्भर बनाउने अपेक्षा गरिएको  छ ।