‘मृतकका बुबाले झुटा प्रचार गरे’

‘मृतकका बुबाले झुटा प्रचार गरे’

धनगढी । भारतको मुम्बइमा मृत फेला परेकी निर्मला (नाम परिवर्तन)को विषयलाई लिएर थुनामा रहेका आरोपीतहरुले स्पष्टिकरण दिँदै कृपाल सिंह रावलले झुटा कुरा गर्दै प्रचार गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार समाचारको खण्डन गरिदिन भनि ‘धनगढी खबर’ प्राप्त पत्रमा ‘बुबा रावलले लगाएका आरोप र भनेका सबै कुराहरु कपोकल्पित, झुटा र विकृति मनस्थितिबाट उपज भएको’ उल्लेख गरेको हो । 

‘आफनी छोरी यौन व्यवसायमा लाग्न नमानेकै कारण हत्या गरिएको, मृतक निर्मलाका पति नरेश सेटीको परिवार (महिलाको नाम समेत कोट गरिएको) मुम्बाइमा यौन व्यवसायमा लागेको र उनीहरुको आफनो आम्दानीको कुनै स्रोत नभएको’ मृतकका बुवा रावलले आरोप लगाएका थिए । असार ४ गतेका दिन “बिहे गरेको पाँच महिना मै हत्या” भन्ने शिर्षकमा धनगढीखबरसहित विभिन्न सञ्चारमाध्ययमा समाचार प्रकाशन भएको थियो । 

सो स्पष्टिकरण पत्रमा भनिएको छ –‘समाचार र आरोपप्रति मेरो र मेरो परिवारको गम्भिर ध्यानाकर्षण भएको र गम्भिर आपत्ति पनि रहेको छ ।’

सो स्पष्टिकरणमा रावलले लगाएका आरोप किन र कसरी भन्ने पनि व्याख्य गरिएको छ । अहिले आत्महत्या दुरुत्साहन आरोपमा थुनामा रहेका सेटी मुम्बाइस्थित मल्टिनेशनल सफ्टवेयर कम्पनिमा कार्यरत रहेको बताए । उनकी दिदि युरिका एजुकेशन प्राइभेट लिमिटेडमा, आमा लक्ष्मी स्वर्गिय श्रीमानको बैंक जागिरको पेन्सनमै जिविकोपार्जन गरिरहेको उनको भनाई छ ।
उनले परिवारका कुनै सदस्यबाट मोबाइल चलाउनमा पनि रोकटोक नरहेको सो पत्रमा उल्लेख छ ।

‘मृतकका बुवा कृपा सिंह रावलले आफ्नी छोरीको हात माग्न पटक पटक आउनु भएको र खाली हात पठाएको भनी झुटा आरोप लगाएको र बरु छोरी लक्ष्मी मार्फत पटक पटक केटा पक्षलाई फोन गरी हात माग्न आएको’ पत्रमा भनिएको छ । 

मृतक निर्मलाले आफै आफ्नै कोठामा झुण्डीएर आत्महत्या गरेको भारतीय अस्पतालले रीपोर्ट दिएको जनाईएको छ ।