डोटीमा विपन्न बिद्यार्थीहरुलार्ई शैक्षिक सामाग्री वितरण

डोटीमा विपन्न बिद्यार्थीहरुलार्ई शैक्षिक सामाग्री वितरण

धनगढी । डोटीको दिपायल सिलगढी नगरपालिकामा मुक्त हलिया समुहका विपन्न बालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । 

आर्थिक अभावका कारण विद्यालयको शैक्षिक सामग्री जुटाउन नसकि विचमै विधालय छोड्ने मुक्त हलिया समुहका विपन्न बालवालिकाहरुको पठन पाठनलाई निरन्तरता दिने र शैक्षिक स्तरमा सुधार ल्याउने उदेश्यले शैक्षिक सामाग्री वितरण गरेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का(बिजय) जानकारी दिए ।

एक्सनएड नेपाल र सम विकास केन्द्र (इडिसि)नेपालको संयुक्त साझेदारीमा सञ्चालित नेपालमा कृषिमा आधारित बंधुवा श्रमको अन्त्य परियोजना अन्तर्गत दिपायल सिलगढी नगरपालिका वडा नंम्बर १ देखि ९ सम्मका लागि  नगरपालिका भरीका ८० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।

बालबालिकालाई राम्रोसँग पढाएन र सफल, सक्षम बनाउन सकिएन भने प्रगति र परिबर्तन गर्न नसकिने नगर प्रमुख खड्काले बताए । 

 शैक्षिक सामाग्रीमा प्रतिब्यक्ती १ दर्जन कापी, १ दर्जन कलम, एउटा औजार बक्स, एक जोड स्कूल ड्रेस, एउटा स्कूल झोला र एक दर्जन कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।

आफ्नो वडाले नसकेको कामलाइ संस्थाले राहत पुग्ने गरि शैक्षिक सामाग्री वितरण गरेकोमा आफुहरु खुसी भएको वडा अध्यक्षहरुको भनाइ रहेको छ । यो बर्ष नगरपालिकाले वडाहरुमा वडाले पाउनु पर्ने जति रकम नदिएका कारण काम गर्न असहज भएको वडा अध्यक्षहरुकाे भनाइ छ ।