डोटीको  शिखरमा  १ सय ४० जना कृर्षकलाई कृषि सामाग्री वितरण

डोटीको  शिखरमा  १ सय ४० जना कृर्षकलाई कृषि सामाग्री वितरण

धनगढी । सामुदायिक बिकास मञ्च सिडिएफ नेपालले डोटीले १ सय ४० जना कृषकहरुलाई कृर्षि उपकरणका सामाग्री वितरण गरेको छ । 

जिल्लाको  शिखर नगरपालिका   वडा न  ३ र ६ गरी  १ सय ४० जना कृर्षकहरुलाई बि भिन्न  कृषि सामाग्री तथा बर्षे तरकारी बालीका बिउहरु  हस्तान्तरण गरेको हो  ।

गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग  र सामुदायक बिकास मन्च (सिडिएफ) नेपाल डोटीको साझेदारी मार्फत सञ्चालित एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो  कार्यक्षेत्र भित्र पर्ने  शिखर नगरपालिका भित्रका वडा न ३ र  ६ मा तरकारी खेती गर्दै आएका  ७ वटा कृर्षी समुहका १ सय ४० जना कृषकहरुलाई  करिब  ५ लाख बराबरको   विभिन्न कृषीजन्य सामाग्री र बर्षे तरकारी बालीका बिउहरु हस्तान्तरण गरेको एकीकृत सामुदायिक बिकास परियोजनाका कृषी प्राबिधिक निरज बोगटीले बताए ।

कृषि सामाग्री तथा तरकारीका बिउहरु  कृषहरुलाई हस्तान्तरण गर्दै   गुड नेवर्स इन्टरनेशनल नेपाल डोटीका परियोजना संयोजक तेज प्रसाद शर्माले  हस्तान्तरण  गरिएको कृषि सामाग्री र बिउले  थोरै भएपनी कृर्षकलाई राहत पुगेको बताए  ।

कृषी सामाग्री तथा बिउहरु कृषकहरुलाइ हस्तान्तरण गर्दै नगर प्रमुख दिर्घ बहादुर बलायरले यो सहयोगले कृर्षकहरुलाई तरकारी खेती गर्ने हौसल्ला बढाएको र पालिकाले पनि कृर्षकहरुले उत्पादन गरेको तरकारीको बजारिकरण गर्नमा नगरपालिकाले सहयोग गर्ने बताए ।

साथै नगर प्रमुख बलायरले कृषि एम्बुलेन्स संचालन गर्ने  र  कर्षीउपज भण्डारणको लागि तुरुन्तै कोल्ड स्टोर स्थापना  गर्ने पनि प्रतिबद्धता ब्यक्त गरे ।