मंकीपक्स रोगसँग मिल्ने लक्षण देखिए के गर्ने ?

मंकीपक्स रोगसँग मिल्ने लक्षण देखिए के गर्ने ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स (एमपक्स) रोगसँग मिल्ने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।

साथै मन्त्रालयको कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरि परामर्श लिन सकिने पनि मन्त्रालयले जनाएको छ। 

एमएक्स रोग भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। नेपालमा पहिलो पटक पुष्टि भएको एमएक्स संक्रमण विश्वभरि हालसम्म ११२ देशमा पुष्टि भईसकेको छ। हाल यो संक्रमण विश्वव्यापी चासोको जनस्वास्थ्य आपत्कालको अवस्था भने नरहेको मन्त्रालयले जनाएको छ। 

एमएक्स रोगका लक्षणहरु के के हुन् ?
ज्वरो आउनु

सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु

डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु

टाउको, ढाड र मांसपेशी दुख्नु

शरीरका ग्रन्थिहरू बढ्नु